झापा : झापाको दमकमा भारतीय नागरिकहरूलाई नागरिकता दिलाइदिने भनेर रकम उठाउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारत घर भएका २७ वर्षीय मुकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेर ठगी मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गा रेग्मीले जानकारी दिए । ठाकुर विहार राज्य दरवंगा जिल्ला अलिनगर ग्राम पञ्चायतको स्थायी बासिन्दा रहेको जनाइएको छ ।
दमक वडा नं. ९ मा डेरा गरेर बस्ने ठाकुरले तीन जना भारतीय नागरिकहरुलाई नागरिकता निकालिदिने भनेर जनहि एक लाख रुपियाँ उठाएको हो ।
नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन) जारी भएपछि जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु भएपछि ठाकुरले भारतीय नागरिकहबाट र नागरिकता बनाउन अति आवश्यक कागजपत्र मिलाउन नसकेकाहरुबाट पैसा उठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि रेग्मीले बताए ।
जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु भएपछि जिल्ला प्रशासन कार्यालय झापाले भिड थेग्न नसकेर टोकन प्रणाली लागु गरेर नागरिकता वितरण गर्दै आएको छ ।














Discussion about this post