इटहरी : कोसी प्रदेश सरकार गठनको निर्णय विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा मंगलबार (आज) पनि पेसी तोकिएको छ।
पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको रिटमा न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ।
१४औं नम्बरमा पेसी रहेको उक्त मुद्दा लगातार तेस्रो दिन एकल इजलासमा पेसी तोकिएको हो। आइतबारदेखि दैनिक पेसी तोकिने तर हेर्न नभ्याउने हुँदै सर्दै आएको छ।
कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाको हकमा बहुमत नपुगेको अवस्थामा नियुक्ति दिएकाले बदर हुनुपर्ने माग गरिएको छ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनको प्रस्ताव आह्वानपछि सभामुखसहितको हस्ताक्षर पेस गरेर लिइएको नियुक्ति र सपथ गैरसंवैधानिक भएको रिटमा उल्लेख छ ।












Discussion about this post