झापा : झापाको गौरीगञ्जस्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ ।
निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले गौरीगञ्ज २ दशजगामा रहेको १४०/१५ नम्बरको सीमा स्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
शुक्रबार दिउँसो आएको बाढीले उक्त सीमा स्तम्भ बगाएको भन्दै स्तम्भ खोजी कार्य भइरहेको उनले बताए ।
असार २६ गतेदेखि आएको अविरल वर्षाले जिल्लाका विभिन्न स्थान डुबान पर्नुका साथै सयौँ घर विस्थापित भएका छन् ।














Discussion about this post