इटहरी : इटहरी उपमहानगरले यहाँ सञ्चालित दुई विद्यालयको दर्ता खारेज गरेको छ । इटहरी नमुना स्कूल र इटहरी चिल्ड्रेन स्कूलको सञ्चालन अनुमति उपमहानगरले खारेज गरेको हो ।
शिक्षा नियमावली २०५९ (संशोधन सहित)को नियम २५१(२) मा व्यवस्था भए बमोजिम शैक्षिक सत्र २०८० का गरेको छात्रवृत्तिको विवरण पेस नगरेकाले अनुमति खारेजी गरेको इटहरी उपमहानगरका शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले बताए ।
विद्यालयले उपलब्ध गराएको छात्रवृत्तिको विवरण पेस सम्बन्धमा पत्र पठाएको थियो ।
पटकपटक पत्र पठाउँदा पनि छात्रवृत्ति विवरण तोकिएको समयावधिभित्र समेत पेस नगरिएकोपछि असार २९ गते बसेको नगर शिक्षा समितिको बैठकको बैठकले इटहरी नमुनालाई ५० हजार र इटहरी चिल्ड्रेन स्कूललाई एक लाख जरिवानासहित विवरण पेस गर्न पत्राचार गरेको थियो ।
सो समयावधिमा पनि विवरण पेस नभएकाले शैक्षिक सत्र २०८० देखि लागू हुनेगरी दुईवटै विद्यालयको अनुमति खारेज गरेको सुवेदीले जानकारी दिए ।
















Discussion about this post