इटहरी : सर्वोच्च अदालतले कोसी प्रदेश सरकार गठनको विवादमा सुनुवाई सकिएको छ । मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
दुवै पक्षको सुनुवाई सकेपछि न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखेको हो । लिखित जवाफ आइसकेको र मुद्दाको अंग पनि पुगेकाले सर्वोच्च अदालतले विहीबार अन्तिम आदेश नै गर्ने स्रोतको दाबी छ ।
कोसी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्वव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । सोही दाबीका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
सभामुखको हस्ताक्षरसमेत प्रयोग गरी सरकार गठन गरिएको भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।



















Discussion about this post