इटहरी : कोसी प्रदेशमा मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको फैसला आज आउने भएको छ ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको हो ।
इजलासले बुधबार सुनुवाई सकेकोले बिहीबार (आज) फैसला सुनाउने भएको हो । सर्वोच्च अदालतबाट आउने फैसलाले उद्वव थापा नेतृत्वको कोसी प्रदेश सरकारको भविष्य निर्धारण गर्नेछ ।
निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गरेका थिए ।
रिट निवेदनमा कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको मागसमेत गरेका छन् ।
Discussion about this post