विराटनगर : निर्माण व्यवसायीहरूले कोसी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअगाडि धर्ना दिएका छन् ।
निर्माण व्यवसायीहरूले आज (आइतबार) बिहान १० देखि ११ बजेसम्म धर्ना दिंदै आफ्नो माग पूरा गराउन दबाब दिएका हुन् ।
व्यवसायीहरूले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् ।
प्रदर्शनमा व्यवसायीहरुले बीमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
यसअघि सबै निर्माण कार्यको भुक्तानी दिनुपर्नेलगायत नौबुँदे मागसहित निर्माण व्यवसायी महासंघ कोसी प्रदेशले प्रदेशका प्रमुख सचिवलाई ज्ञापन पत्र बुझाएका थिए ।














Discussion about this post