इटहरी : इटहरी उपमहानगरपालिकाले भूमि करको दरमा वृद्वि गरेपछि सर्वसाधारण नागरिकहरूले विरोध जनाएका छन् ।
उपमहानगरपालिले करको दरमा वृद्वि गरेको विरोधमा सामाजिक सञ्जालमा तीव्र विरोध भइरहेको छ । साथै, करको दर परिमार्जन गर्न दबाबमूलक कार्यक्रमसमेत सुरु भएको छ ।
विरोध कार्यक्रमको पहिलो चरणमा आइतबार (आज) इटहरीका मेयर हेमकर्ण पौडेल र उपमेयर संगीता चौधरीलाई फोनमा म्यासेज पठाइएको छ ।
सर्वसाधारणले मेयर र उपमेयरलाई म्यासेजमा ‘कि हाम्रो घर जग्गा किनी देउ, कि त हामीले घर जग्गा बेचेर कर तिर्नु पर्ने हो ?’ लेखिएको छ ।
उपमहानगरले श्रावण १ गतेदेखि लागू हुनेगरी एकीकृत सम्पत्ति कर, घर बाटो सिफारिस, दस्तुर, चार किल्ला सिफारिस दस्तुर, लेनदेन प्रमाणीकरण दस्तुर लगायतका शीर्षकमा कर वृद्वि गरेको छ।
अघिल्लो वर्षको भन्दा ५ गुणासम्म करको दरमा वृद्वि गरेपछि आन्दोलित हुनुपर्ने बताइएको छ ।














Discussion about this post