धरान : धरान उपमहानगरपालिकामा डेङ्गुका कारण हालसम्म ८ जनाको मृत्यु भएको छ ।
जेठ तेस्रो सातायता धरानमा डेङ्गु सङ्क्रमणका कारण ८ जनाले ज्यान गमाएका हुन् ।
धरानमा सबैभन्दा बढी प्रभावित वडा १८, १५, १६, १७ र ८ रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । दैनिक डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या २ सयभन्दा बढी रहेको छ ।
साउन ११ सम्म धरानका तीन हजार ७ सय ३१ जनाले परीक्षण गराउँदा दुई हजार १ सय ९९ सय (अर्थात् ५९ प्रतिशत) मा पोजेटिभ रिपोर्ट आएको उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए ।












Discussion about this post