दुहबी : सवारी ज्यान मुद्दाका फरार प्रतिवादी सुनसरीको दुहबी नगरपालिका ९ का २८ वर्षीय अजय कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत सुनसरीको २०७८ वैशाख ३० गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ वर्ष कैद र ३२ हजार रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएकोमा अदालतको आदेशले झुम्का कारागार सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post