इटहरी : भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगम (एनओसी) लाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ ।
नयाँ मूल्यसूचीअनुसार डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ । खाना बनाउने ग्यासको मूल्य भने घटेको छ ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा, डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।
यस्तै, मट्टितेल ७ रुपैयाँ ५० पैसा र हवाई इन्धन झन्डै ८ रुपैयाँ बढेर आएको छ । ग्याँसको मूल्य भने प्रतिसिलिन्डर करिब एक सय रुपैयाँ घटेर आएको ठाकुरले जनाए ।
निगमले आईओसीले पठाएको सूचीअनुसारै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने उनको भनाइ छ । आईओसीले १५ दिनमा नयाँ मूल्यसूची पठाउँदै आएको छ ।














Discussion about this post