इटहरी : पुरुषोत्तम एजुकेसन फाउण्डेसनको आयोजनामा स्टडी अबोर्ड इन्फर्मेसन सेयरिङ तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
योङ्गेस्ट एजुकेसन कन्सल्टेन्टको सहजीकरणमा भएको कार्यक्रममा विदेश पढ्न जान चाहने विद्यार्थीहरूलाई प्रशिक्षित गराइयो ।
धनकुटामा सम्पन्न कार्यक्रममा कुशल पोखरेलले विदेशमा पढ्न जान चाहने विद्यार्थीहरूलाई जानकारी गराए ।
विदेश जानुपूर्व र गइकसेपछि कसरी सहज वातारणमा अध्ययनसँगै काम गर्ने भन्नेबारे पोखरेलले प्रशिक्षण दिएका थिए ।
खासगरी पछिल्लो समय अरुको देखासिखीमा विदेश जान चाहनेको संख्या बढ्दो रहेका कारण त्यहाँ भाग्नुपर्ने समस्या, गर्नुपर्ने काम र पढ्नुपर्ने विषयबारे उनले प्रष्ट्याए ।
उनले अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, युके, युरोपलगायतका देशमा जान चाहने विद्यार्थीहरूले प्रशिक्षण दिएका थिए ।
Discussion about this post