इटहरी : इटहरी–धरान सडकखण्डस्थित चारकोसे झाडीमा गत साउन ५ गते गोली प्रहार गरी हत्या घटनामा संलग्न थप एकजनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीलाई लुटेरा समूहले गोली हानी हत्या गरेको थियो ।
घटनामा संलग्नमा थप एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान ८ घर भई हाल इटहरी ४ मा कोठाभाडामा बस्दै आएका २९ वर्षीय सुजन तामाङ रहेका छन् । उनलाई शुक्रबार (आज) साढे ५ बजे प्रहरीले विराटनगर ११ महेन्द्रचोकबाट पक्राउ गरेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
यसअघि सोही घटनामा संलग्न झापाको भद्रपुर नगरपालिका १ घर भई धरान ८ बस्ने ३० वर्षीय प्रकाश लिम्बू र विराटनगर महानगरपालिका १५ का ४१ वर्षीय अजय कुमार शर्मा, मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीय पर्वत भनिने दीपक तिमिल्सिना र धरान उपमहानगरपालिका १४ का ३४ वर्षीय अनसन तामाङलाई पक्राउ गरिएको छ ।
उनीहरू सबैजना अपराध कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
लुटेराहरूको समूहले जन्मदिन मनाएर प्रेमिकासँग घर फर्कने क्रममा सेउती पुल नजिक लुटपाट गरेका थिए । रोहितले प्रतिकार गर्दा गोली प्रहार गरि हत्या गरेको थियो ।













Discussion about this post