Thursday, April 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

ताप्लेजुङ : सहयोग सङ्कलन गरेर गुम्बा निर्माण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २२, २०८०
in समाचार
0
ताप्लेजुङ : सहयोग सङ्कलन गरेर गुम्बा निर्माण
104
SHARES
Share on FacebookShare on Twitter

फुङ्लिङ : विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ ।

समुद्र सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन गरेर गुम्बा निर्माण जुटेको गुम्बा निर्माण समिति अध्यक्ष तेन्जिङ शेर्पाले बताउनुभयो ।

उहाँका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि नै गुम्बा रहेको थियो तर मर्मतसम्भार नहुँदा जीर्ण हुँदै गएपछि नयाँ गुम्बा बनाउँन स्थानीय जुटेका हुन् ।

गुम्बा निर्माण लागत रु दुई करोड बजेटमा सम्पन्न हुने निर्माण समितिले जनाएको छ । तोक्पेगोलामा जन्मिएर रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका व्यक्तिले ठुलो सहयोगमा गुम्बा निर्माण प्रक्रिया अगाडि बढेको स्थानीयवासीको भनाइ रहेको छ ।

तोक्पेगालामा जन्मिएर अमेरीका पुगेकाले सहयोग सङ्कलन गरेर रु ४५ लाख पठाएपछि गुम्बा निर्माण प्रक्रिया सुरुआत भएको निर्माण समिति अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँका अनुसार गुम्बा निर्माण गर्नका लागि एक जर्मनी नागरिक समेतले रु आठ लाख सहयोग उपलब्ध गराएको छ ।

मिक्वाखोला गाउँपालिकाबाट रु २१ लाख उपलब्ध भएको निर्माण समितिले जनाएको छ । गुम्बा निर्माणका लागि अनुमानित रु दुई करोड लागत भए पनि अहिले रु २५ लाख ऋण रहेको निर्माण शेर्पाले जानकारी दिनुभयो । निर्माण कार्यमा कार्यरत मजदुरका लागि ज्याला दिनबाहेक आवश्यक सामग्री खरिदमा भएको खर्च रु २५ लाख ऋण रहेको उहाँले बताउनुभयो ।

गुम्बामा राखिने गौतमबुद्धका प्रतिमा भिन्न दाताबाट जम्मा भएको छ । रु आठ लाखका तीन वटा प्रतिमा, रु आठ लाख ५० हजार र रु पाँच लाख ५० हजारका एक एक गौतमबुद्धका प्रतिमा दाताबाट उपलब्ध भएका छन् । अन्य आवश्यक पुस्तक र सामग्रीसमेत दाताबाट उपलब्ध भएको छ ।

समितिका अनुसार यसै आउँदो आर्थिक वर्षको साउनमा गुम्बाको उद्घाटन गर्ने तयारीका साथ काम भइरहेको छ । गुम्बा नियमित पूजापाठ, मन्त्र जब गर्नका लागि लामा व्यवस्थापन गर्नका लागि छुट्टै कोष स्थापना गर्ने योजना रहेको निर्माण समिति अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “गुम्बामा लामा व्यवस्थापन गर्नका लागि देश विदेशमा बसोबास गर्ने दातासँग समन्वय भइरहेको छ । गाउँपालिकाले पनि सहयोग गर्दछ भन्नेमा विश्वास लिएका छौँ ।”

तोक्पेगोला क्षेत्रका स्थानीय गुम्बा निर्माण निकै महत्वपूर्णरुपमा लिएका छन् । तोक्पेगोला बस्तीमा ढोक्प्या जातिका करिब १७ घर छन् । स्थानीय ढोक्प्या जाति भनिए पनि सीमान्तकृत समूहमा तोक्पेगोला भनी सूचीकृत गरिएको छ । झुरुप्प घर । काठले छाएको छानो ।

भोटे झ्याल । टाढाबाट देख्नेबित्तिकै लाग्छ कि यो ठाउँ उत्सव स्थल पो हो कि १ किनकी घरैपिच्छे खम्बामा गाडिएका मन्त्रयुक्त ध्वजापताका फरफराउँदा थकित शरीरले शितलता महसुस गर्छ । गुम्बा र मन्दिरले पौराणिक तथा ऐतिहासिक महत्व झल्काउँछ । हिमाली ठाउँ भएकाले आफैँमा सुन्दर त हुने नै भयो  ।

ताप्लेजुङको पर्यटकीय गन्तव्यमध्ये तोक्पेगोला क्षेत्रको पनि ठूलो स्थान रहेको छ । तोक्पेगोला बस्ती नजिकै सोदु पोखरी रहेको छ । सोदु पोखरी एक धार्मिक महत्व बोकेको एक पोखरी हो । प्रत्येक वर्ष सोदु पोखरीमा पूजापाठ गर्न जाने धार्मिक पर्यटकको पनि सङ्ख्या बढ्दै गएको तोक्पेगोलाका स्थानीय तेन्जिङ शेर्पाले बताउनुभयो ।

तोक्पेगाला बस्तीमा गुम्बा निर्माण हुनुलाई धार्मिक प्रतिष्ठाको रुपमा हेरिएको मिक्वाखोला –५ का वडाध्यक्ष ग्यान्जे शेर्पाले बताउनुभयो । गुम्बा निर्माण सम्पन्न गर्नका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने उहाँको भनाइ छ ।

गम्बामा धर्मग्रन्थ र विशिष्ट धर्म गुरुको भनाइअनुसार गुरु पध्मसम्भवलाई सझिने वा उहाँको मन्त्र उच्चारणमात्र गर्नाले पनि विघ्नबाधा हट्नुका साथै असिम पुण्य सञ्चय गर्न सकिने जनविश्वास छ ।

अझ उनको थाङ्का वा प्रतिमा नै स्थापना गर्न सकियो भने त्यसको प्रभवले समस्त प्राणिको उद्धार, पूर्वजन्मको कुकर्मको प्रायश्चित, मानव जीवन सुन्दर, विघ्न बाधारहित शान्तिमय हुने, विश्वमा शान्ति फैलिने र मोक्ष प्राप्त गर्न सकिने जनविश्वास रहिआएको छ

भौगोेलिक/भौतिक दृष्टिकोणबाट पनि यस स्थानलाई धार्मिक पर्यटकीयस्थलका रुपमा परिचित गराउने उद्देश्यले गुम्बा स्थापना गरी निरन्तर रुपमा धर्मीक कार्य सञ्चालन गर्नुका साथै आवश्यक संरचना निर्माण गर्दै आइरहेको छ ।

Tags: #ताप्लेजुङ#राससगुम्बा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
Uncategorized

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

by टाकुरा न्यूज । इटहरी
बैशाख ९, २०८३
0

सुनसरी : जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको...

समाचार

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

by रासस
बैशाख ९, २०८३
0

झापा : खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ...

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

बैशाख ८, २०८३
नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

बैशाख ९, २०८३

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1354 shares
    Share 542 Tweet 339
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    476 shares
    Share 190 Tweet 119
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.