इटहरी : सुनसरीमा आफ्नै छोरीलाई विष खुवाउने बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको बर्जू गाउँपालिका २ का अर्जुन कामतले आफ्नै छोरीलाई विष खुवाएको आरोपमा बुधबार पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक बुद्धिकुमार चौलागाईँका अनुसार २० वर्षीय छोरी राधिका कामतलाई बाबुले जबरजस्ती विषादी खुवाएका थिए ।
त्यसपछि बेहोस भएकी राधिकालाई स्थानीयले उपचार गर्न लगेका छन् । उनको अहिले अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ ।
मादक पदार्थ सेवन गरी बाबु अर्जुनले घर नआएर बाहिरै बसेको भन्दै छोरीमाथि विष खुवाएको स्थानीयको भनाइ छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
(यसअघि विष खुवाएर मारेको भन्ने समाचार सच्याइएको छ ।)*












Discussion about this post