विराटनगर : विराटनगर १४ मा अवस्थित एस्पायर कलेजमा इन टेक्निकल एजुकेशन आइ टी मा अध्यनरत विद्यार्थीहरूले ४ जिपिएसहित शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।
गत असारमा काठमाडौँ विश्वविद्यालयबाट सञ्चालित प्रथम वर्ष प्रथम सेमेस्टरको परीक्षाको नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरूले सफलता प्राप्त गर्न सफल भएका हुन् ।
कलेजका विद्यार्थीहरू तुसार गणेश, कृतिज्ञा कटवाल, सुशान्त नेपाल, दीक्षा राई र गौरव दाहालले ४ जिपिए प्राप्त गर्न सफल भएका छन भने ८ जना विद्यार्थीहरूले ३.९ भन्दा बढी जिपिए ल्याएको र बाँकी विद्यार्थीहरूले ३.२४ भन्दामाथि जिपिए ल्याएर उत्तीर्ण भएका छन् ।
यसरी उत्कृष्ट अङ्क सहित उत्तीर्ण तुसार गणेशले यो आँफूहरूको मात्र सफलता नभएर कलेज प्रशासनको समेत महत्वपूर्ण योगदानका कारण आँफूहरू सफल हुन सकेको बताए ।
त्यस्तै, कृतिज्ञा कटवालले विद्यार्थीमैत्री सिकाइ वातावरण भएका कारण छोटो समयमा नै आँफूहरूमा अध्य्यनप्रति रुची जागेको र कक्षाका सम्पूर्ण विद्यार्थीहरू उच्च जिपिएका साथ उतीर्ण हुन सफल भएको बताइन् ।
कलेजका कोअर्डिनेटर इन्जिनियर खेमनाथ खतिवडाका अनुसार काठमाडौँ विश्वविद्यालयको उत्कृष्ट शिक्षण विधि तथा विद्यार्थीहरूको सामूहिक तथा व्यक्तिगत मेहेनतका कारण ठूलो सफलता हात लागेको हो ।
साथै सूचना प्रविधि बिषयप्रति विद्यार्थीहरूको उच्च लगावले गर्दा नतिजामा प्रभाव परेको उनले बताए । कलेजका प्रधानाध्यापक चिन्तामणी बस्नेतले हरेक गतिविधिलाई प्रयोगात्मक कार्यमा बढी फोकस गरिएको बताए ।














Discussion about this post