ताप्लेजुङ : ताप्लेजुङको मैवाखोला गाउँपालिका ५ फाकुम्बाका ३३ वर्षीय डिल्ली कुमार लिम्बूले आफ्नै आमाको हत्या गरेका छन् ।
उनलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सोमबार (आज) बिहान साढे १० बजेको समयमा लिम्बूले ६३ वर्षीया आमा धनमाया लिम्बूलाई धारिलो हतियार बाम्फोकले प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त भएसँगै प्रहरी चौकी साँघुबाट प्रहरी टोली खटिएर लिम्बूलाई नियन्त्रणमा लिएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post