खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गरेको छ । यसै शैक्षिक सत्रबाट निःशुल्क शिक्षा लागू गरेको हो ।
नगरपालिकाले कार्यविधि नै पारित गरी कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।
‘परीक्षा व्यवस्थापन तथा शून्य शुल्क कार्यान्वयन कार्यविधि २०७९’ पारित गरेर नगरक्षेत्रभित्रका सबै मावि तहका विद्यालयमा निःशुल्क शिक्षा सुरु गरिएको उनको भनाइ छ ।
नगर क्षेत्रभित्रका १२ माविमध्ये कक्षा १२ सञ्चालन भएका १० वटै विद्यालयमा निःशुल्क शिक्षा सुरु गरिएको हो ।
Discussion about this post