इटहरी : चोरी मुद्दामा फरार रहेका इटहरीका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी चोरी मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७९।११।२८ गतेको सजाय निर्धारण आदेशले ९ महिना कैद र १० हजार रुपैयाँ जरिवाना बेरुजु रही फरार रहेका इटहरी उपमहानगरपालिका ३ का ४३ वर्षीय राजेश निम्लेकु लिम्बूलाई पक्राउ गरेको हो ।
खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनलाई अदालत उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारगार पठाइएको छ ।














Discussion about this post