ताप्लेजुङ : गए रातिको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्व बनेको छ ।
वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ ।
खोक्सेबाट खहरेखोलासम्म सात ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिए । शुक्रबार बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।
“ठाउँ ठाउँमा पहिरो झरेको छ, बिहानैदेखि पन्छाउने कार्य भइरहेको छ, सम्भवत आजै यातायात सञ्चालनमा आउन सक्छ”, उप्रेतीले भने।














Discussion about this post