उदयपुर : मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरको उदयपुरगढी ६ मौबासी खोला नजिक पहिरो जाँदा गाईघाट–दिक्तेल सडकखण्ड अवरुद्व भएको छ ।
सडकअवरुद्व हुँदा यात्रीहरूसमेत अलपत्र परेका छन् । शुक्रबार बिहान ३ बजे पहिरोले सडक अवरुद्व पारेको हो ।
पहिरो माथिबाट बगेको कारण पन्छाउन समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।














Discussion about this post