धरान : उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ लाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो ।
पर्यटन व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नो जमिनमा प्रवेश गरेर धरपकड गरेको भन्दै साम्पाङविरुद्ध रिट दायर गरेका थिए ।
धरान ४ स्थित छोटी मोरङ डाँडामा साम्पाङले गत साउन ६ गते अधिकारी दम्पतीको उक्त जग्गामा वृक्षारोपण गरेका थिए ।
साम्पाङ पुनः त्यही जग्गामा पुगेपछि अधिकारी दम्पतीले प्रतिवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । विवादपछि साम्पाङले आफूमाथि अधिकारी दम्पतीले दुर्व्यवहार गरेको भन्दै प्रशासनमा उजुरी पनि दिएका थिए ।














Discussion about this post