विराटनगर : कोसी प्रदेश आजदेखि बजेटबिहीन हुने भएको छ ।
दलहरूबीचको बेमेल र सत्ताको दाउपेचले आजदेखि कोसी प्रदेश बजेटविहीन हुने भएको हो ।
यस्तो परिस्थितिलाई रोक्नका लागि आफूहरू अदालत जान लागेको कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले जानकारी दिए ।
‘आज यो विषयमा के गर्ने भनेर सर्वोच्चमा निवेदन दिन्छौँ । पाँच दिन त सर्वोच्चकै ग्याप भयो,’ गौतमले भने, ‘सर्वोच्चले बजेटको विषयमा काम गर्न सक्छौँ भनिदियो भने गर्छौँ । त्यो भएन भने अदालतकै जिम्मा छोड्नुपर्यो ।’



















Discussion about this post