धरान : धरान उपमहानगरपालिकाको मुख्य चौक भानुचौकस्थित घण्टाघरका कर्मचारीलाई प्रमुख हर्कराज राई (साम्पाङ) को निर्देशनमा निष्काशन गरिएको भन्दै मजदुरहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।
यससँगै नगर प्रहरीको धरपकडका बावजुद मजदुरहरूले घण्टाघरमा तालाबन्दी गरेका छन् ।
दुई दशकदेखि घण्टाघरमा कार्यरत मजदुरलाई अन्यायपूर्ण तरिकाले निकालिएको उनीहरूको आरोप छ ।
चरणबद्ध आन्दोलनअन्तर्गत आज (आइतबार) घण्टाघरमा तालाबन्दी गरिएको ट्रेड युनियन महासंघका धरान नगर अध्यक्ष समशेर वर्देवाले जानकारी दिए ।
९ दिनअघि स्थानीय सरकार प्रमुख साम्पाङलाई निर्णय सच्याउन दिइएको ज्ञापन–पत्रमा कुनै सुनुवाई नगरेपछि धरानमा संयुक्त ट्रेड युनियन महासंघ संघर्ष समितिले आन्दोलन गर्दै आएको छ ।
मजदुरहरू राज लिम्बू र प्रकाश राईसहितलाई धरान उपमहानगरपालिकाले कामबाट उमेर हद भन्दै निष्काशन गरेको थियो ।
मजदुरलाई अन्यायपूर्ण तरिकाले निकालिएको जनाउँदै न्याय र मजदुर हितका लागि संयुक्त ट्रेड युनियन संघर्ष समितिले घण्टाघरमा शुक्रबारदेखि आन्दोलन सुरु गरेका थिए ।
यता, पुनर्बहालीको माग गर्दै आन्दोलित मजदुरलाई धरान नगरप्रमुख साम्पाङले वार्तामा बोलाएका छन् ।












Discussion about this post