उदयपुर : उदयपुरमा २५ वर्षीय युवकले ५८ वर्षीया महिलामाथि बलात्कार गरेका छन् । बलात्कार आरोपमा प्रहरीले ती युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कटारी नगरपालिका १ बेलसोत बस्ने २५ वर्षीय जय बहादुर खपाङ्गी मगर रहेका छन् ।
मगरले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका मगरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ।












Discussion about this post