इटहरी : इटहरी उपमहानगरपालिकाकी एक महिलाको हत्या भएको छ । इटहरी उपमहानगरपालिका २ बस्ने ४४ वर्षीया यसोदा श्रेष्ठको धरानमा हत्या भएको हो ।
हत्या गरिएको अवस्थामा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
हत्यामा संलग्न रामेछाप घर भइ धरान १७ बस्दै आएका टेकबहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
दर्जीले यसोदाको हत्या गरी शव जंगलमा फाल्न लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
मृतकको शव आज (बिहीबार) बिहान परिवारका सदस्यहरू आएपछि मुचुल्का उठाएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ ।
यसोदा बुधबार माइत जान्छु भनेर इटहरी घरबाट हिँडेकी थिइन । यसोदा र दर्जीबीच लेनदेनको कारोबार रहेको र त्यसैमा विवाद हुँदा हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हत्यामा सम्लग्न दर्जीसहित अन्य दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न मुख्य आरोपी दर्जीका दुईजना सालोलाई पनि अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुई जना सालोको घटनामा संलग्नता भए, नभएको खुल्न बाँकी रहेको सुनसरी प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Discussion about this post