इलाम : इलामको माइजोगमाई गाउँपालिकाले गाउँपालिकाको कार्यालयमा लेखा अधिकृतसँग अनैतिक क्रियाकलाप गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारबाहीका लागि सिफारिस गर्ने भएको छ ।
गाउँपालिकाले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी गाउँपालिकाको प्रतिष्ठामा आँच आउने क्रियाकलाप गरेको निस्कर्ष निकाल्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राईलाई कारबाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाको भदौ २१ गतेको निर्णय सार्वजनिक गर्दै कार्यालयमा अनैतिक क्रियाकलाप गर्ने प्रमुख प्रशासकीय अधिकृत राईलाई कानुन बमोजिमको कारबाहीका लागि सिफारिस गर्ने र लेखा अधिकृत रेश्मा राईलाई ७ दिनको म्याद दिई स्पस्टीकरण पेश गर्न मौका दिइने गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले जानकारी दिए ।
उनकाअनुसार लेखा अधिकृत राईलाई स्पष्टीकरण पेश नभएसम्मका लागि लेखा अधिकृतको जिम्मेवारीबाट हटाउने निर्णय भएको छ । गत १९ गते प्रशासकीय अधिकृत काजीमान र लेखा अधिकृत रेश्माबीच कार्यालयमा अनैतिक गतिविधि गरेको भिडियो सामाजिक संजालमा भाइरल बनेको थियो ।














Discussion about this post