विराटनगर : कोसी प्रदेश सरकारले बजेट सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
कोसी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई स्वतः निष्क्रिय भएपछि पुनः अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक अध्यादेश २०८० र स्रोतगत तथा कार्यक्रमगत विवरणसहितको विनियोजन अध्यादेश २०८० जारी गर्न प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गर्ने निणर्य गरेको उर्जा तथा पूर्वाधार विकासमन्त्री तिलकुमार मेन्याङ्बोले जानकारी दिए ।
बैठकले मन्त्रालयगत रूपमा प्राप्त बजेट सम्बन्धी सूचनालाई बजेट प्रणालीमा परिमार्जन तथा समावेश गर्ने निर्णय गरिएको उनले बताए ।



















Discussion about this post