Monday, June 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

गरिबीका कारण विष सेवन गरे, मृत्युपछि एउटै चितामा जले श्रीमान-श्रीमती

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८०
in समाचार
0
गरिबीका कारण विष सेवन गरे, मृत्युपछि एउटै चितामा जले श्रीमान-श्रीमती
232
SHARES
Share on FacebookShare on Twitter

झापा : विक्रम सम्वत् १९७७ सालमा चन्द्रशमशेरले सतीप्रथामा बन्देज लगाएपछि श्रीमानसँगै श्रीमतीको पनि एउटै चितामा अन्त्येष्टि गरिएको घटना विरलै सुनिन्थ्यो ।

प्राकृतिक विपत्तिमा परेर जीवन गुमाएका परिवार बाहेकका घटनामा एउटै चितामा एक वा सोभन्दा बढीको पार्थिव शरीरलाई अग्निदाह दिएका घटना पनि कमै सुनिन्थ्यो ।

झापामा यस्ता घटना कमै हुने गरेका हुन् । तर, झापाको शिवसताक्षीस्थित कनकाई माईको पश्चिम किनारमा शनिबार सतिप्रथा कै झल्को एउटा घटनाले दिइरहेको थियो ।

त्यहाँ बनाइएको एउटा चितामा श्रीमान्–श्रीमती जलिरहेका थिए । शवयात्रामा सहभागी अधिकांशले पनि एउटै चितामा श्रीमान् श्रीमतीको शव जलिरहेको कमै देखेको बताए । केहीले अलग–अलग चिता बनाएर अग्नि संस्कार गरेर अन्त्येष्टि गर्ने बताए पनि परिवार र आफन्तले भने एउटै चितामा दम्पतीको शव राखेर अन्त्येष्टि गर्ने बताए ।

शिवसताक्षी नगरपालिका वडा नं ११ दूधेका ५९ वर्षीय तेजप्रसाद भट्टराई र उनकी पत्नी ५२ वर्षीया कमला भट्टराईको शव जलिरहँदा सहभागी मलामीका आँखा ओभानो थिएनन् ।

भट्टराई दम्पतीले इच्छामरण किन रोज्नुपर्यो ? उनीहरु मृत्यु रोज्न किन हतारिए ? के उनीहरुको इच्छामरण अन्तिम विकल्प नै थियो त ? मलामीका मनमा यस्तै प्रश्न आइरहेका थिए । तर, यी प्रश्न अनुत्तरित थिए ।

किनभने, जसले यी प्रश्नको जवाफ दिन्थ्यो, उनीहरुलाई चिता माथि राखी सकिएको थियो । भट्टराई दम्पत्तिले मृत्युलाई प्राथमिकतामा राख्नु उनीहरूको गरिबी मुख्य कारण भएको स्थानीयले अनुमान लगाएका छन् ।

भदौ १९ गते राति छोराबुहारी घरको पल्लो कोठामा सुतिसकेपछि तेजप्रसाद र कमलाले इच्छामरण गर्ने निक्र्यौल गरे सायद । दुबैजनाले नाम थाहा नभएको विषादि सेवन गरे र नजिकैको परालको माचमा गए ।

परालको माचमा मध्यरातमा पुग्नुपर्ने कारण आफूहरुले विषादि पिएको कसैलाई थाहा नहोस् भन्ने हुनुपर्छ । तर, छोरा खगेन्द्र बाहिर निस्कँदा बुवाआमा सुत्ने कोठाको ढोकाको ‘हेन्डल’ लगाएको भेटे । यति राति विना जानकारी कता जानु भएछ भनेर खोज्ने क्रममा छोरा खगेन्द्रले नजिकैको परालको माचमा दुवैजनालाई छट्पटाइरहेको अवस्थामा भेटे ।

गाउँमा एकपछि अर्को गर्दै दम्पतीले विषादि सेवन गरेको हल्ला फैलियो । दुवैजनाको जीवन बचाउन सकिन्छ कि भनेर बिर्तामोडको मनमोहन अस्पतालमा पु¥याइयो ।

तर, दुवैजनालाई विषादिले दिएको पीडा बीसको उन्नाइस भएन । २० गते कमलाले यो संसारलाई सँधैका लागि छोडेर गइन् । उनको जीवनको बाधक गरिबी भएर आउँदा जीवन छोड्न उनी बाध्य भइन् । उनको मृत्युपछि शवको पोष्टमार्टम गर्नलाई मेची प्रादेशिक अस्पताल भद्रपुर लगियो ।

यता श्रीमान्को अवस्था पनि नाजुक बन्दै गयो । उपचार गर्ने पैसा भट्टराई परिवारमा थिएन । चिकित्सकले पनि उपचार गर्दा बचाउन नसकिने बताएपछि कमलाको शवलाई मेची प्रादेशिक अस्पतालमा पोष्टमार्टम गर्न पठाएर अचेत अवस्थामा रहेका तेजप्रसादलाई घरमा ल्याइयो ।

२२ गते तेजप्रसादको शरीर केही अङ्ग चल्न थालेपछि थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगियो । उनको त्यहाँ उपचार प्रक्रिया शुरु पनि भयो । तर, हुनुहार– दैव नटार भनेझैँ उनको पनि श्रीमतीकै जस्तो इहलीला समाप्त भयो ।

कमला क्यान्सरपीडित हुन् । चार वर्षदेखि स्तन क्यान्सरबाट पीडित कमलाको उपचारका लागि छोरा खगेन्द्र वैदेशिक रोजगारमा गए । छोराले कमाएको पैसाले कमलाको उपचार सम्भव थिएन ।

श्रीमान्ले पनि श्रीमतीको उपचारका लागि कुनै कसर बाँकी राखेनन् । तर, कमलाको शरीरमा लागेको रोग निको हुने अवस्थामा थिएन । छोराले विदेशबाट कमाएको पैसा र श्रीमान्ले ऋण गरेर करिब १३ लाख रुपैयाँ कमलाकै उपचारमा खर्च भयो । श्रीमान् तेजप्रसादको पनि बाख्रालाई घाँस काट्न रुख चढ्दा लडेर खुट्टा भाँचिएको थियो । खुट्टाले पनि तेजप्रसादलाई दुःख दिरहन्थ्यो । उनको खुट्टामा लगाएको ‘स्टिल’ निकाल्न आर्थिक अवस्था दयनीय भएकै कारण सकेका थिएनन् ।

एकातिर श्रीमतीलाई क्यान्सर अर्कातिर श्रीमानको खुट्टाले दिएको असह्य पीडा दम्पत्तिलाई खपिसाध्य भएन । ०६१ सालमा ताप्लेजुङको खेवाङबाट बसाइ सँरी आएका थिए– भट्टराई परिवार ।

पहाडको सम्पत्ति सबै बेचेर उपचार गरेका दम्पतीको एकमात्र छोरा हुन् खगेन्द्र । १ कठ्ठा जग्गा र त्यसमा बनेको घर बाहेक भट्टराई दम्पतीको केही थिएन ।

Tags: #झापाविष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय
FEATURE BREAKING

विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २५, २०८३
0

विराटनगर : विराटनगर महानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सहसचिव विजयकुमार शर्मालाई स्वागत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा...

मोडिफाई गरिएका सात वटा मोटरसाइकल नियन्त्रणमा, चालकलाई सचेतनामूलक कक्षा
समाचार

मोडिफाई गरिएका सात वटा मोटरसाइकल नियन्त्रणमा, चालकलाई सचेतनामूलक कक्षा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २५, २०८३
0

मोरङ : इलाका प्रहरी कार्यालय लेटाङले आफ्नो कार्यक्षेत्रभित्र सवारी साधनको स्वरूप परिवर्तन (मोडिफाई) गरी अनावश्यक हो–हल्ला मच्चाउने तथा ध्वनि प्रदूषण गर्ने...

झापामा फल्यो दश हजार मेट्रिक टन सुपारी

इलामका किसान व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित

जेष्ठ २५, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीको रामधुनीमा रोकिराखेको टिपरमा तीनजना सवार मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

जेष्ठ २५, २०८३
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

जेष्ठ २४, २०८३
टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय

विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय

जेष्ठ २५, २०८३
मोडिफाई गरिएका सात वटा मोटरसाइकल नियन्त्रणमा, चालकलाई सचेतनामूलक कक्षा

मोडिफाई गरिएका सात वटा मोटरसाइकल नियन्त्रणमा, चालकलाई सचेतनामूलक कक्षा

जेष्ठ २५, २०८३
झापामा फल्यो दश हजार मेट्रिक टन सुपारी

इलामका किसान व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित

जेष्ठ २५, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीको रामधुनीमा रोकिराखेको टिपरमा तीनजना सवार मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

जेष्ठ २५, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.