इटहरी : संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज (बिहीबार) अन्त्येष्ठि गरिने भएको छ।
सोमबार राति निधन भएको नेम्वाङको बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने तयारी छ ।
बालुवाटारस्थित नेम्वाङको निवासबाट निकालिने शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित उनकै निजी निवासमा लगिएको हो।
सरकारले नेम्वाङको अन्त्येष्ठिका दिन आज (बिहीबार) शोक विदासमेत दिएको छ । आज देशभर शोक विदाका कारण सबै सरकारी कार्यालयहरू बन्द रहने गृह मन्त्रालयले जनाएको छ ।
Discussion about this post