झापा : झापामा डेंगुका कारण थप एक बिरामीको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका ५ मा डेंगु सङ्क्रमणबाट एक जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
एबीसी नेपालका अध्यक्ष कन्चना ढकालका अनुसार बहालमा बस्ने भारत घर भएकी करिब ३५ वर्षीया महिलाको डेंगुको सङ्क्रमणबाट आज मृत्यु भएको हो ।
डेंगु सङ्क्रमण भएको पुष्टि भएपछि उपचारका लागि भारतको सिलगढी लैजाँदै गर्दा उनको मृत्यु भएको उनले बताइन् । यससँगै बिर्तामोडमा डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जनाइएको छ ।
झापामा डेंगुका झापामा ६ जनाको मृत्यु भइसकेको छ ।














Discussion about this post