इटहरी : इटहरी–धरान सीमा विवाद अझै सुल्झिएको छैन । दुई उपमहानगरबीच उत्पन्न सीमा विवाद मिल्न नसक्दा प्रदेश र संघीय सरकारलाई गुहारिएको छ ।
दुवै पक्षले आ–आफ्नो अडान नछाडेपछि विवाद स्थानीय स्तरमा मिल्न नसकेको हो ।
सीमा विवाद उत्कर्ष पुगेपछि अझैसम्म जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा नमिल्दा प्रदेश र संघीय सरकारलाई विवाद निरुपणको लागि सहयोग मागिएको छ ।
धरान उपमहानगरका मेयर हर्क साम्पाङले इटहरीको पानीपियामा सीमा प्रारम्भको बोर्ड राखेपछि विवाद थप उत्कर्षमा पुगेको थियो ।
इटहरीले भने भोगचलन गर्दै आएको पानीपिया क्षेत्रलाई धरानले दाबी गरेको सीमाना मान्य नहुने जनाउँदै आएको छ ।
इटहरी उपमहानगरले सीमा विवाद राजनैतिक विषय भएकाले पहिले नै प्रदेश र संघीय सरकारबाट समाधान खोज्नुपर्ने बताउँदै आएको छ ।











Discussion about this post