Thursday, September 28, 2023
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीमा श्रीमान र देवरले गरे दुई महिलाको हत्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० अशोज १ गते, १६:२८ बजे
0
सुनसरीमा श्रीमान र देवरले गरे दुई महिलाको हत्या
433
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीमा दुई महिलाको हत्या भएको छ । आफ्नै श्रीमान र देवरले दुई महिलाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपिन रेग्मीकाअनुसार सुनसरीको इनरुवा नगरपालिका ३ की २३ वर्षीया निकिता चौधरीको श्रीमान ३२ वर्षीय नागेन्द्र भगतले हत्या गरेको मृतकका आफन्तले आरोप लगाएका छन्।

निकिताका भाई राकेश चौधरीले दाइजोका नाममा भिनाजु भगतले जानीजानी घाँटी थिचेर दिदीको हत्या गरेको आरोप लगाएका छन्। दाइजोका विषयमा बीच विवाद भएपछि गएराति १० बजेको समयमा भगतले घरको सुत्ने कोठामा निकिताको घाँटी थिचेर हत्या गरेको राकेशको दाबी छ ।

निकिता र भगतको विवाह भएको २१ महिना भएको थियो। भगतले विवाह गरेको २१ महिनापछि थप दाइजो ल्याउन निकितालाई दबाद दिएर यातना दिने गरेको भाइ राकेशले बताएका छन्।

निकिताको मृत्युपश्चात माइती पक्षले दाइजोको निहुँमा निकिताको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी दिएका छन्। माइती पक्षको उजुरीका आधारमा आरोपित भगतलाई पक्राउ गरी घटनाको अनुसन्धान थालिएको एसपी रेग्मीले जानकारी दिए ।

निकिताका ११ महिनाका छोरा छन्। यस्तै, सुनसरीकै कोसी गाउँपालिका ७ स्थित हरिपुरमा ३० वर्षीया एकल महिला उषा महतोको हत्या गरिएको छ। उनको १९ वर्षीय देवर सन्तोष महतोले फोनमा अरूसँग कुरा गरेको आरोपमा विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ।

एक वर्षअघि दाजुको मृत्यु भएपछि भाउजुलाई अंश दिनुपर्ने भनेर गलत मनसायका साथ पटकपटक कुटपिट गर्दै आएकोमा भदौ ३० गते झुक्याएर विष खुवाई बेहोस बनाएका कारण उषाको मृत्यु भएको बताइएको छ।

बिष खुवाएर गम्भीर घाइते भएकी उषालाई तत्काल जिल्ला अस्पताल इनरुवा लगिएकोमा थप उपचार गर्न कोशी अस्पताल रेफर गरेको थियो। सोही राति आमाको मत्यु भएको उषाका १२ वर्षीय छोरा राजेश महतोले बताए।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Tags: #सुनसरी#हत्याअपराध

सम्बन्धित समाचार

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु
विविध

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:५९ बजे
0

इटहरी : इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु भएको छ । इटहरीका लागि आधिकारिक बिक्रेता पारस अटोमोबिल्स मा असोज ९...

धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट
समाचार

धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३६ बजे
0

धरान : धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलबाट बरामद गरिएको एक हजार सात सय ४८.५ केजी अखाद्य बेसार बरामद...

विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३० बजे
मोरङको छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीनजनाको मृत्यु

मोरङमा छतबाट खसेर २१ महिने बालकको मृत्यु

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२७ बजे
इटहरीमा आमासँग बिहे, नौ वर्षीया छोरीमाथि यौन दुरुपयोग, यसरी बाहिरियो घटना

उदयपुरमा किशोरी बलात्कृत, एक पुरुष पक्राउ

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२४ बजे

ताप्लेजुङ : ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२२ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु

इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:५९ बजे
धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट

धरानमा एक हजार सात सय केजी अखाद्य बेसार बरामद गरी नष्ट

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३६ बजे
विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

विराटनगरमा राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:३० बजे
मोरङको छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीनजनाको मृत्यु

मोरङमा छतबाट खसेर २१ महिने बालकको मृत्यु

प्रकाशित मिति : २०८० अशोज ११ गते, १७:२७ बजे



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    सुनसरीमा अज्ञात समूहबाट प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाट

    588 shares
    Share 235 Tweet 147
  • इटहरीकी एक महिलाको हत्या गरी शव जंगलमा फाल्न लगिएपछि…

    554 shares
    Share 222 Tweet 139
  • सुनसरीमा श्रीमान र देवरले गरे दुई महिलाको हत्या

    433 shares
    Share 173 Tweet 108
  • कान्छी चौक–चतरा सडक खण्डमा स्कूटर एकापसमा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

    281 shares
    Share 112 Tweet 70
  • इटहरीमा १५ लाख ८७ हजार नक्कली नोटसहित पक्राउ परेका दुईजना प्रहरीद्धारा सार्वजनिक

    267 shares
    Share 107 Tweet 67
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : [email protected]

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana