ताप्लेजुङ : ताप्लेजुङमा अरिँगालले टोकेर एक वृद्धाको मृत्यु गएको छ ।
जिल्लाको आठराई त्रिवेणी गाउँपालिका ४ चाँगेकी ७४ वर्षीया सुनमाया तामाङको अरिँगालको टोकाइका कारण मृत्यु भएको हो ।
चाँगेका वडाध्यक्ष अर्जुन लिम्बूकाअनुसार तामाङलाई शनिबार दिउँसो जङ्गलमा दाउरा खोज्न गएका बेला अरिँगालले टोकेको हो ।
अरिँगालले टोकेर गम्भीर घाइते हुनुभएकी वृद्धालाई चाँगे स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो ।
थप उपचारका लागि जिल्ला अस्पताल लैजाने तयारी हुँदै गर्दा आइतबार उनको मृत्यु भएको वडाध्यक्ष लिम्बूले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post