Thursday, August 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

ताप्लेजुङ : मनै लोभ्याउने फुङफुङ्गे झरना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ४, २०८०
in भिजिट नेपाल, समाचार
0
ताप्लेजुङ : मनै लोभ्याउने फुङफुङ्गे झरना
160
SHARES
Share on FacebookShare on Twitter

ताप्लेजुङ : फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वातावरणले मनै लोभ्याउँछ ।

पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङ्गे झरना । तीन सय मिटर जति अग्लो चट्टानी काँपबाट जोडले तल झरेको झरनाको आवाज नै फुङफुङ हुने हुँदा नामकरण फुङफुङ्गे भएको बतायन्छ ।

ताप्लेजुङ सदरमुकामबाट नजिकै रहेको मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङफुङ्गे झरना पर्यटकका लागि आकर्षक क्षेत्र हो । यो सुन्दर झरनामा झरेको पानी मेवाखोलामा मिसिन्छ । नेपाल सरकारले पर्यटकीय प्रवल सम्भावना भएका सय स्थानको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको छ ।

यसअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्धन गर्नुपर्ने नयाँ सय पर्यटकीय गन्तव्यमा फुङफुङ्गे झरनालाई पनि एक हो । झरनाको प्रचारप्रसार भएसँगै दैनिक यसको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको स्थानीयवासी बताउँछन् । अहिले झरनासम्म सडक पुगेकाले पनि अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।

पर्यटकको चहलपहल हुन थालेसँगै झरना अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा आउन थालेका छन् । सडक पुगेकाले झरना नजिकै तेम्बा क्षेत्रमा बजार नै विस्तार हुँदै गएको छ । स्थानीयले होटल तथा होमस्टेसमेत सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएको मिक्वाखोला गाउँपालिका–४ का होमस्टे (घरबास) सञ्चालक विजय साँवाले बताउनुभयो ।

केही वर्ष अगाडि झरनामा आउने पर्यटकका लागि खाने बस्ने ठाउँकाे अभाव थियो । तर झरना नजिकै सडक पुगेसँगै बजार विस्तार हुन थालेको साँवाले बताउनुभयो । बजार विस्तार भएसँगै किसानले उत्पादन गरेको स्थानीय उत्पादानले पनि राम्रो बजार पाउन थालेको छ  । झरना नजिकै अझ मिक्वाखोला गाउँपालिकाको केन्द्र स्थापना हुनुलाई पनि झरनाको थप प्रचारप्रसार सहयोेग पुगेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको हो ।

फुङ्फुङ्गे झरना ताप्लेजुङको पनि नजिकैको पर्यटकीय गन्तव्यमा पर्दछ । यस क्षेत्रका लागि तीन तहका सरकारले विगतदेखि नै बजेट विनियोजन गरेर आवश्यक पूर्वाधार निर्माण गर्दै आएका छ ।  झरनालाई सौन्दर्यीकरण गर्नका लागि चालु आवमा सङ्घीय सरकारबाट रु. एक करोड बजेट विनियोजन भएर ठेक्का लागि सकेको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डन्डु लामाले बताउनुभयो ।

धार्मिक तथा सांस्कृतिक महत्व

झरनाले प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्र नभई पर्यटकीय र धार्मिक महत्व बोकेको छ । झरनालाई शक्तिको प्रतीक मानेर झरनाको फेदी नजिकै फुङफुङे देवीको पूजास्थल पनि राखिएको छ । यहाँ देवीको पूजा गर्न भक्तजन जाने गर्दछन । झरनाको अवलोकन गर्ने पर्यटकलाई झरनाको फेदीमा रहेको देवीथानमा पूजापाठ गरेर फर्कने गर्दछन् ।

पर्यटकीय सम्भावना

भारत र चीन जोड्ने सबैभन्दा छोटो सडक तमोर करिडोर निर्माणाधीन छ । उक्त सडक निर्माण सकिएपछि ताप्लेजुङमा पर्यटकीय गतिविधि स्थानीयले अपेक्षा गरिएको छ । पर्यटन प्रवर्धनका हिसाबले प्रचुर सम्भावना बोकेको फुङफुङे झरना क्षेत्रमा जाने सडकको कालोपत्रेलगायतका भौतिक पूर्वाधारको निमार्णसँगै प्रचारप्रसारमा सबै सरोकारवालाले ध्यान दिनसके बर्सेनि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने र ताप्लेजुङको विकासमा ठूलो हिस्सा ओगट्ने देखिन्छ ।

Tags: #ताप्लेजुङ#पर्यटन#भिजिट नेपाल#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने
विविध

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

विराटनगर : धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले...

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित
FEATURE BREAKING

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई साउन महिनाको ‘सर्वोत्कृष्ट...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३
इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

भदौ १०, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.