इटहरी : दसैं–तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा वेस्टर्न युनियनले देशव्यापी सडक कार्यक्रमको थालनी गरेको छ।
मंगलबार बिहान झापाको बिर्तामोडमा सुरु भएको कार्यक्रम अपराह्न दमकमा सोही कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा वेस्टर्न युनियनका चाडबाडलक्षित उपहार योजना तथा विभिन्न सामाजिक मुद्दाहरूका बारेमा कलाकारहरूले प्रस्तुति दिएका थिए।
कार्यक्रममा स्थानीय कलाकारहरूलाईसमेत सहभागी गराइएको कलाकार किशोर भण्डारी (डिट्ठासाब)ले जानकारी दिए।
आज (बुधबार) इटहरी र धरानमा कार्यक्रम आयोजना गरिने उनले बताए। कार्यक्रममा जनचेतनामूलक प्रस्तुतिहरू रहने उनको भनाइ छ। त्यसपछि कलाकार तथा आयोजकको टोली राजविराज जानेछ ।
राजविराजपछि गोलबजार, त्यसपछि महेन्द्रनगरहुँदै जनकपुर, जलेश्वर, बर्दिबास, चन्द्रनिगाहपुर, हेटौंडा, नारायणघाट, कावासोती, भैरहवा, बुटवल, दाङ, नेपालगञ्ज, कोहलपुर, पाल्पा, स्याङजा, पोखरा र अन्तमा धादिङमा कार्यक्रमहरू हुनेछन्।
देश दौडाहामा रहने ख्यातीप्राप्त कलाकारहरूमा डिट्ठासाबसहित रेश्मा तिमल्सिना र राजेन्द्र गिरीलगायत रहेका छन्।













Discussion about this post