विराटनगर : विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा सामान किनेर नक्कली भारतीय नोट दिने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
सनुसरीको हरिनगरा गाउँपालिका ६ का ३४ वर्षीय ईशान अन्सारीलाई प्रहरीले पक्राउ गरेका हुन् । उनले १ हजार ६ सय रुपैयाँ बराबरको सामान किनेर त्यसबापतको रकम कर्मचारीलाई दिएका थिए ।
सुपरमार्केटका कर्मचारीलाई शंका लागी नोट जाँच गर्दा नक्कली रहेको बुझेपछि वडा प्रहरी कार्यालयमा खबर गरिएको थियो । प्रहरी टोलीले उनको साथमा रहेको भारतीय नक्कली नोट २ सयका २० वटा र ५ सयका ७ वटा फेला परेको थियो ।
उनले प्रयोग गरेको बा १६ च ७६१३ नम्बरको कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post