ओखलढुंगा : जिल्ला समन्वय समिति ओखलढुंगाका सभापति डिल्लीराम खनालको निधन भएको छ ।
शनिवार राति १० बजे शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँमा उपचारको क्रममा ७३ वर्षको उमेरमा खनालको निधन भएको हो ।
खनाल लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनी केही महिनाअघिदेखि अवस्था भएपछि उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको नेपाली काँग्रेस जिल्ला सभापति तेजेन्द्र खनालले बताए ।
यसअघि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उनको उपचार प्रयास गरिएको खनालले जानकारी दिए ।
खनाल नेपाली काँग्रेसको तर्फबाट जिल्ला समन्वय सभापति बनेका थिए ।














Discussion about this post