झापा : जिल्ला प्रशासन कार्यालय झापाले सभ्य पोसाकमा आउन सेवाग्राहीलाई अनुरोध गरेको छ ।
प्रशासनले एक सूचना जारी गर्दै पुरुषको हकमा हाफ पाइन्ट र महिलाको हकमा मिनिस्कट लगाएर प्रवेश गर्न नपाइने जनाएको हो ।
सेवाग्राहीले स्वभाविक र सभ्य देखिने पोसाक लाएर सेवा लिन आउनुपर्ने तथा भड्किला, असभ्य र अस्वभाविक देखिने पोसाक लगाएर आउनेलाई कार्यालय प्रवेशमा रोक लगाइएको बताइएको छ ।
Discussion about this post