इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । कोसी प्रदेशसभामा शनिबार बोल्दै मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
कार्कीले अहिले कोसी प्रदेशमा राजनीतिक निकासका लागि सबै दललाई आह्वान गरे। उनले मध्यावधि निर्वाचनले राजनीतिक निकास नहुने पनि बताए। उनले भने, ‘प्रदेशमा मध्यावधि निर्वाचन जनताको माग होइन।’
शनिबार मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तय थियो । विश्वासको मत नपाउने भएपछि एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले संवैधानिक व्यवस्थाअनुसार शनिबार विश्वासको मत लिने कार्यक्रम थियो।













Discussion about this post