इटहरी : सानिमा रिलायन्स इन्स्योरेन्सले नौ महिनाअघि मृत्यु भएका एक बिमितलाई एक करोड चार लाख हस्तान्तरण गरेको छ ।
धनकुटाका पत्रकारसमेत रहेका पूर्णकुमार चौधरीको नौ महिनाअघि मृत्यु भएको थियो ।
चौधरीको परिवारलाई शनिबार इटहरीमा एक कार्यक्रमको आयोजना गरी बिमा रकम भुक्तानी गरिएको हो । इन्स्योरेन्सले एक करोड चार लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
रकम बुझेपछि मृतककी श्रीमती मिङ्ममा चौधरीले धन्यवाद व्यक्त गरिन् । कम्पनीका डिसिइओ निराजन कडेँल, बिजनेस अफिसरद्वय गुणराज श्रेष्ठ, सूर्यप्रकाश गुप्ता, क्षेत्रीय प्रमुख जीतेन्द्र सुवेदी लगायतबाट उक्त रकम संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो ।














Discussion about this post