इटहरी : नजिकिँदै चाडपर्वलाई लक्षित गरी इटहरी बसपार्कमा यात्रु सहायता कक्ष स्थापना भएको छ ।
चाडपर्वको अवसरमा जिल्ला भित्रिने र बाहिरिने तथा पहाडी जिल्ला भ्रमणमा निस्कने यात्रुको यात्रालाई सहज बनाउन कोसी प्रदेश ट्राफिक प्रहरीको पहलमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।
यात्रु सहायता कक्षमार्फत यात्राका क्रममा यात्रुले भोग्नुपरेका समस्या तथा कठिनाइका विषयमा सहजीकरण गरिने कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सरोज पौडेलले बताए ।
दसैँ तिहारमा यात्रुको चाप बढी हुने हुँदा यातायात व्यवसायीले मनोमानी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, ट्राफिक नियमको उल्लङ्घन गर्नेजस्ता घटनालाई रोक्न यात्रु सहायता कक्ष स्थापना गरिएको पौडेलले बताए ।
यात्रु सहायता कक्ष उद्घाटन गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले टिकट काउन्टरबाट हुने मनोमानी रोक्न र मनपरी खोलिएको अवैध टिकट काउन्टर बन्द गराउन प्रहरीलाई निर्देशन दिइन् ।
Discussion about this post