Sunday, May 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इजरायलमा नेपाली मृत्यु घटना : सुनसरीका राजेशको घर पुग्दा… (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २३, २०८०
in टाकुरा विशेष, समाचार
0
इजरायलमा नेपाली मृत्यु घटना : सुनसरीका राजेशको घर पुग्दा… (भिडियोसहित)

राजेशको घरमा सहानुभूति दिन पुगेका प्रशासन, जनप्रतिनिधिसहित स्थानीय ।

387
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका ११ (साबिकको मधुवन गाविस १) का २६ वर्षीय राजेशकुमार स्वर्णकारको इजरायलको द्वन्द्वमा परी मृत्यु भएपछि अहिले परिवारजन विक्षिप्न बनेका छन् ।

राजेशका बाबुआमासहित दाजुभाइदेखि छरछिमेकसम्म यतिबेला पीडादायी क्षणमा छन् । राजेशको मृत्यु भएको कल्पनाजस्तै लागेपनि तीतो यथार्थलाई स्वीकार गर्नुको विकल्प छैन ।

गत भदौ २४ गते मात्रै नेपालबाट एघार महिनाका लागि इन्टर्न गर्न गएका राजेशको २७ दिनको दिन नै मृत्युको खबर आएपछि भावविह्लि भएको मृतक राजेशका जेठा दाजु मुकेश स्वर्णकारले बताए ।

मृतक राजेश चार दाजुभाइमध्ये घरको साईँलो छोरा हुन् । सानैदेखि मिहिनेती, लगनशील र कर्मठ उनी २७ दिनअघि मात्रै इन्टर्नसिपका लागि गएका थिए । ‘भाइको खबरले दर्द भयो, ठूलो मिस्टेक भयो । आँफूलाई पर्दा धेरै दुख्दोरहेछ,’ मुकेशले भने, ‘जहाँ परीक्षा दिन्थ्यो, त्यहाँ नाम निस्किन्थ्यो । अब कलेजमाथि कसरी विश्वास गर्ने ? देशमाथि कसरी विश्वास गर्ने बेकार पठाएँ ।’

उनी भाइलाई इन्टर्नसिपका लागि विदेश पठाएकोमा अहिले आफैँलाई धिक्कार्छन् । उनी भन्छन्, ‘कस्तो ठाउँमा पठाइदिएँ ? दाइ पासपोर्ट बुझाम् कि नबुझाम् भनेर सोधेको थियो, त्यो कुरा सम्झदाँ निकै पोलिरहेको छ ।’

राजेशकी आमा विक्षिप्त बनेकी छन् । उनीसँग शोकमा रहेका स्थानीयबासी ।

परिवारमा सहानुभूति दिन आएका स्थानीय जनप्रतिनिधि, प्रशासन र साथीभाइसँग उनी भक्कानिन्छन् । घरपरिवारमा आमा र बा अचेतजस्तै छन् । परिवारका लागि काम गर्ने बेला भाइ गुमाउनुपरेको कुरा व्यक्त गर्न नसक्ने अवस्थामा पुगेका उनले भने, ‘यो बेला भाइ बाँचेको मात्रै भएपनि घरको ऋण बिस्तारै तिरिन्थ्यो । अहिले घरको लागि गर्नेबेला भगवानले खोस्यो ।’

इजरायलबारे जानकारी भएको भए, आँफूले नपठाउने र कलेजलाई विश्वास गरेकोमा पछुतो भएको उनको भनाइ छ ।

‘कति दुःख गरेर मेरो भाइ पढ्यो, कहाँबाट हुन्छ पैसा, सबै ऋण गरियो सब व्यवस्था मिलाइयो । अब घरपरिवार हेर्ला, ऋण सब व्यवस्था मिलाउला भन्ने थियो, गइहाल्यो,’ रोदनमिश्रित आवाजमा मुकेश भन्छन्, ‘जति सम्बन्धित परिवारलाई पोल्छ, त्यति अरुलाई वास्तै हुँदैन । भाइ सानो हुँदादेखिको कुरा सुनेर ममी रोइरहनुभएको छ । मैले कसरी सम्झाउनु ?’

राजेशको घर ।

गत शुक्रबार मात्रै घरगाउँमा जितिया पर्व मनाइएको थियो । आमाले स्वास्थ्य र दीर्घायुको कामनासाथ व्रत बसेको स्मरण गर्दै मुकेश भन्छन्, ‘अब त भगवान छैन जस्तो लाग्यो । भगवान थिए भने त भाइ मर्नबाट जोगिन्थ्यो । कहाँ छ भगवान ?’

मुकेशले विगत स्मरण गरे । ‘बुबाको सानो सरकारी जागिर थियो । खेतीपाती र जागिरबाट दुःख गरेर हामी सबैलाई पढाउनुभयो,’ उनले टाकुरासँग सुनाए, ‘म पनि इन्जिनियर थिएँ, भाइलाई जसरी पनि इन्जिनियर नै बनाउँछु भन्ने सपना देखेको थिएँ । तर, भाइले कृषि पढ्ने भन्यो । उसको सपना पूरा हुनै पाएन । यदि मैले इञ्जिनियर पढाउन सकेको थिएँ भने आज यो घटनै हुन्थेन ।’

घरी कलेजप्रति, घरी देशप्रति त घरी आफैँप्रति उनी धिक्कार मानिरहेछन्।

आफ्नो भाइलाई सम्झिएर भक्कानिदैँ राजेशका दाजु मुकेश ।

राजेशसँगै कक्षा १ देखि अध्ययन गरेका बाल्यकालका साथी कलामुद्विन अन्सारीले उनी इमानदार रहेको बताए । ‘गाउँमा पढेलेखेको ऊ (राजेश) नै थियो,’ उनले भने, ‘गाउँघरका कार्यक्रमदेखि विभिन्न ठाउँमा अगाडि बढ्न चाहने केटो थियो । गाउँका केटाकेटीदेखि सबैले ऊसलाई मान्थे ।’

खेती, किसानी गरेर घरपरिवारले पढाएको यतिका उमेरपछि भने मृत्युवरण गर्न देश छाड्नुपरेकोमा निकै पीडादायी क्षण रहेको उनी सुनाउँछन् । ‘बाउ आमाले दुःख गरेर पढाएका थिए, नेपाल छाडेको एक महिना नभइ मृत्युको खबर आउँदा कस्तो हुन्छ ?’ उनले भने ।

स्थानीय अलाउद्विन अन्सारीले गाउँको इमानदार र मिहिनेती साथी गुमाउनुपर्दा दुःखी भएको सुनाए । अहिले आँफूसँग दुःखको शब्द नै नरहेको उनको भनाइ छ ।

सोमबार राजेशको घरमा सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपिन रेग्मीसहित स्थानीय ।

स्थानीय माउण्ड भ्यू स्कूलमा कक्षा ८ सम्म अध्ययन गरेका उनले एसएलसी भने इनरुवाको नवयुग एकेडेमीबाट उत्तीर्ण गरेका थिए । कक्षा १२ विराटनगरको शिक्षादीप कलेजबाट उत्तीर्ण गरेका राजेश चार वर्षअघि कृषि पढ्नका लागि सुदुरपश्चिम विश्वविद्यालयको टीकापुर बहुमुखी क्याम्पसमा भर्ना भए ।

अहिले चौथो वर्षको आठौँ सेमेस्टर सकेर इन्टर्नसिपका लागि गएका उनको निधन भएपछि परिवार मात्रै नभइ देशनै शोकमा डुुबेको छ ।

यसैबीच सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीकी हुमकला पाण्डे, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपिन रेग्मी, बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीसहित स्थानीय जनप्रतिनिधिले पीडित परिवारलाई भेटेर चाँडै शव नेपाल ल्याउनका निम्ति पहल गर्ने आश्वासन दिएका छन् ।

‘शव इजरायलस्थित नेपाली दूतावासमार्फत ल्याउनुपर्ने हुन्छ,’ प्रजिअ पाण्डेले भनिन्, ‘हामीले शव चाँडै नेपाल ल्याउनका लागि पहल गर्नेछौँ । परिवारलाई परेको यो पीडा र दुःखले राज्यको लागि पनि क्षति भएको छ ।’

भिडियो

 
https://www.facebook.com/takuranews/videos/1820452348415801

Tags: #सुनसरीटाकुरा विशेषद्वन्द्वविक्षिप्न
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’
भिजिट नेपाल

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

by रासस
बैशाख २०, २०८३
0

खोटाङ : नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् ।...

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ
FEATURE BREAKING

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २०, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार विराटनगर विमानस्थलबाट...

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

बैशाख २०, २०८३
विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

बैशाख २०, २०८३
दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1543 shares
    Share 617 Tweet 386
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    617 shares
    Share 247 Tweet 154
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    388 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.