इटहरी : मानव अधिकार तथा शान्ति समाज सुनसरीको चौथो वार्षिक साधारणसभा इटहरीमा भएको छ ।
आइतबार मानव अधिकार, शान्ति, लोकतन्त्र, सामाजिक न्यायका लागि निरन्तर सक्रिय संस्थाको साधारणसभाका क्रममा नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले मानव अधिकारका लागि हरेक व्यक्ति गम्भीर र सचेत हुनुपर्ने बताए ।
‘मानव अधिकारको क्षेत्र वृहत्त छ, हरेकले यसमा सचेत र चनाखो हुुनु आवश्यक छ,’ उनले भने ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव सन्तोष रौनियारले निस्वार्थ भावले मानव अधिकारको क्षेत्रमा निरन्तर वकालत गर्ने संस्था भएको बताए ।
मानव अधिकार तथा शान्ति समाज सुनसरीले महिला हिंसाविरुद्द, लागूऔषधको दुव्यर्सनीमा युवा पुस्तालाई फस्न नदिनका लागि सचेतनामूलक कार्यक्रम, शान्ति, लोकतन्त्र र सामाजिक न्यायको पक्षमा लाग्ने व्यक्तित्वलाई सम्मान लगायतका कार्यक्रम पछिल्लो एक वर्षको अवधिमा गरिएको सचिव रोवनराज कार्कीले बताए ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका हेमन्त गौतम, विष्णुप्रसाद चापागाईँ, पुरुषोत्तम घिमिरे, राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीलगायतले बोलेका थिए ।
कार्यक्रम मानव अधिकार तथा शान्ति समाज सुनसरी जिल्ला अध्यक्ष डा. विकास साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।













Discussion about this post