इटहरी : इजरायलमा मृत्यु भएका नेपालीहरूप्रति समर्पित गीत ‘शोक’ सार्वजनिक भएको छ ।
गायिका समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाईँ बर्बरिकको शब्द तथा राजन क्षेत्रीको सङ्गीत रहेको उक्त गीत पूर्वेली इन्टरटेन्मेन्ट यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
नेपालीहरूले विदेशिने बाध्यता र भोग्नु परेको पीडालाई गीतमा उठान गरिएको छ । विनोद बाजुरालीको एरेन्ज रहेको गीतमा बर्बरिक, मेनुका माझी तथा वसन्त बस्नेको अभिनय रहेको छ ।
गीत पूर्वका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको छ । वसन्त र सुरेशचन्द्रको निर्देशन, विशाल श्रेष्ठको छायाङ्कन, सम्पादन रहेको गीतमा बालकलाकारहरूको पनि भिनय रहेको छ ।
भिडियो














Discussion about this post