इटहरी : जनता समाजवादी पार्टी नेपाल (जसपा) कोसी प्रदेश सरकारमा सहभागी नहुने भएको छ ।
मंगलबार (आज) इटहरीमा बसेको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको हो ।
पार्टीका प्रदेश समिति अध्यक्ष दीपक याक्खाले सरकारमा सहभागी नहुने जानकारी दिए ।
यसअघि कोसी प्रदेश सरकारलाई विश्वासको मत दिएपनि सरकारमा सहभागी नहुने उनले स्पष्ट पारे । कोसी प्रदेशमा ९३ सदस्यमध्ये जसपाको १ सिट रहेको छ ।













Discussion about this post