इटहरी : कोसी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।
एमालेको साथ पाएर मुख्यमन्त्री बनेका केदार कार्कीले शुक्रबार गठबन्धनका दुईजना सांसदलाई मन्त्री नियुक्त गरेपछि एमाले शनिबार (आज) सरकारबाट बाहिरिएको हो ।
मुख्यमन्त्री कार्कीले शुक्रबार गठबन्धनबाट माओबादीका एक र एकिकृत समाजबादीका एक जना मन्त्री नियुक्त गरेए सरकार थप विस्तार गरेका थिए ।
कार्कीले माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एकिकृत समाजबादीका कमलप्रसाद जवेगुलाई विनाभाविभागिय मन्त्री नियुक्त्त गरेका थिए ।
यससँगै थप असन्तुष्ट बनेको एमालेले आफना विनाविभागिय मन्त्री राम रानामगरलाई पदबाट राजीनामा गर्न लगाएर सरकारबाट बाहिरिएको हो ।
मन्त्री रानाले आज (शनिबार) मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका छन ।
गत असोज २७ मा एमालेको सर्मथनबाट कांग्रेसका कार्की संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई राप्रपाबाहेक अन्य सबै दलहरूले विश्वसको मत दिएका छन् ।














Discussion about this post