इटहरी : कोसी प्रदेश सरकारबाट बाहिरिएसँगै नेकपा एमाले प्रतिपक्षी बेन्चमा बस्ने भएको छ ।
प्रतिपक्षीमा बसेपनि एमालेले प्रदेश सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने निर्णय गरेको जनाएको छ ।
प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार एमाले कोशी प्रदेश संसदीय दलको आज (सोमबार) बसेको बैठकले उक्त निर्णय गरेको हो ।
सरकारमा सहभागी मन्त्री रामकुमार राना फिर्ता भएपनि विश्वासको मत कायमै राख्ने उनले बताए ।
यस्तै बजेट अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने, कर्णालीका भुकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुने गरी राहत सहयोग गर्ने, दूधको बजार व्यवस्थापन गर्न माग गर्नेलगायतको निर्णय गरेको उनले जानकारी दिए ।














Discussion about this post