झापा : बहुविवाह मुद्धाका एकजना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
झापा जिल्ला अदालतको मिति २०६७।०५।०६ मा भएको फैसला तथा सो फैसला सदर गर्ने गरी तत्कालिन पुनरावेदन अदालत इलामको मिति २०७१।१०।२७ गतेको फैसलाले १ वर्ष कैद र नगद पाँच जरिवाना रही फरार रहेका कनकाई नगरपालिका ३ का ४२ वर्षीय हरी भन्ने प्रेमप्रसाद अधिकारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाएको प्रहरीले जनाएको छ ।














Discussion about this post