ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका १ आमचौक स्थीतमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४१ वर्षीय दुर्गाप्रसाद बिक रहेका छन् ।
घरबाट हिँडेर बेलुकासम्म घर नफर्केपछि आफन्त तथा प्रहरी चौकी मेवाखाको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा आज (मंगलबार) बिहान आमचौक स्थितको भीरबाट करिब एक सय मिटर तल मृत अवस्थामा फेला पारिएको थियो ।
शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।














Discussion about this post